तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि बस्दै छ।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजेदेखि बैठक बस्न लागेको हो ।

आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने भनिएको पार्टीको १४ औँ महाधिवेशन तोकिएको समयमा गर्न नसक्ने भएपछि काँग्रेसले हिजो ९बिहीबार० देखि केन्द्रीय कार्य समितिको बैठक बोलाएर छलफल गरिरहेको छ।

बिहीबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले तोकिएको समयमा महाधिवेशन नगरे पार्टीको वैद्यता समाप्त हुने भएकाले मिति नसार्न सुझाव दिनुभएको थियो ।

पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलका अनुसार आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेस गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेस गर्नुभएको विभिन्न प्रस्तावमाथि बाँकी सदस्यहरुले बोल्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button