तपाईँ सुन्दै हुनुहुन्छः

देशभर ३ हजार २ सय ६० जनामा संक्रमण पुष्टि, ३२ को मृत्यु

File photo

काठमाडौँ । आज देशभर ३ हजार २ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

१० हजार ८ सय ६ नमुनाको पिसिआर परीक्षण गर्दा २ हजार ४ सय ७३ जना र ४ हजार ६ सय ५६ नमुनाको एन्टीजेन परीक्षण गर्दा ७ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

आज काठमाडौँमा ८ सय ११, ललितपुरमा १ सय ९२ र भक्तपुरमा १ सय ३० जना गरी काठमाडौँ उपत्यकामा १ हजार १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । 

सङ्क्रमणबाट आज २ हजार २ सय ९४ जना निको भएका छन् । नेपालमा हालसम्म ६ लाख ७७ हजार ३ सय ७७ संक्रमित निको भइसकेका छन् ।

सङ्क्रमणका कारण आज थप ३२ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म १० हजार २ सय १२ सङ्क्रमितको मृत्यु भइसकेको छ । 

देशभर रहेका ३८ हजार १ सय ८० सक्रिय संक्रमित मध्ये ७ सय ३७ को सघन उपचार कक्ष र १ सय ८३ जनाको भेण्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button