सल्यानमा ‘तपाईँको मास्क खोई’ अभियान (फोटो फिचर)

सल्यान । मास्कको बारेमा सचेतना फैलाउन सल्यानमा ‘तपाईँको मास्क खोर्ई’ अभियान सञ्चालन गरिएको छ । नेपाल सरकारको सप्ताह व्यापी अभियान अन्तर्गत सल्यानमा पनि तपाईँको मास्क खोई अभियान सञ्चालन गरिएको हो ।
जिल्लामा कोरोना भाइरसको संक्रमण रोक्न भिडभाड हुने क्षेत्रहरूमा पुगेर नागरिकहरूलाई अनिवार्य मास्क लगाउन अपिल गरेको छ । जिल्लामा निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारण नागरिक मास्क लगाउन छोडेको र कोभिड–१९ को संक्रमण दर पुनः बढ्दै जाँदा थालेकाले जिल्लामा सचेतना सन्देश सहित मास्क अभियानलाई तीव्रता दिइएको छ ।

अभियानका क्रममा मास्क बिना भेटिएका नागरिकलाई कोरोनाको जोखिमका बारेमा सचेत पार्दै अनिवार्य मास्क लगाउन आग्रह गर्ने गरिएको छ । खलङ्गा पुरानो बसपार्क चोकबाट अभियान शुरु भएको विभिन्न बजारमा परिक्रमा गरी मास्क अभियान मार्फत नागरिकहरूमा नियमित मास्क लगाउन अपिल गरिएको थियो ।
सचेतना कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले कोरोना भाइरस संक्रमण फैलिँदै गएकाले सबैले मास्क अनिवार्य लगाउन आग्रह गरिन । चोकहरूमा भिडभाड हुन नदिन र भिडभाड भएका क्षेत्रहरूमा समेत अनिवार्य मास्क लगाउन अनुरोध गरिन ।

कोरोना महामारीको संक्रमण तथा जोखिम कायमै रहेको र कतिपयले निकै लापरबाही गर्न लागेको भन्दै अभियान सुरु गरेको प्रहरीले जनाएको छ ।स्वास्थ्य सबैभन्दा ठुलो भएको भन्दै कोरोनाबाट बच्न मास्कलगायत स्वास्थ्य मापदण्डको पालना गर्न सबैलाई प्रहरी प्रमुख गोविन्द थापाले बताए ।











प्रतिक्रिया राख्नुहोस्