तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना कहर : झापामा मृत्यु हुने सङ्ख्या पाँच सय नाघ्यो

भद्रपुर, झापा । झापामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या पाँच सय नाघेको छ ।

बुधवार कोरोना सङ्क्रमणबाट चार जनाको मृत्यु भएसँगै झापामा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ५ सय ३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

बुधवार एकै दिन मेची अस्पतालमा तीन जनाको मृत्यु भएको थियो । भद्रपुरका ७६ वर्षीय पुरुष, गौरादहका ४४ वर्षीय पुरुष र मेचीनगरका ७६ वर्षीय पुरुषको मृत्यु भएको थियो । त्यस्तै, इलामकी ७० वर्षीया महिलाको बिर्तामोडस्थित बीएण्डसी हस्पिटलमा मृत्यु भएको थियो ।

त्यसैगरी, झापामा कूल कोरोना सङ्क्रमितको सङ्ख्या २५ हजार नाघेको छ । 

जिल्लाका कूल सङ्क्रमितको सङ्ख्या २५ हजार ५ पुगेको छ । त्यसमध्ये १७ हजार १ सय ७५ जना डिस्चार्ज भएका छन् ।

अहिले ३ हजार ४सय ४३ जना सक्रिय संक्रमित विभिन्न आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलार्गांले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button