तपाईँ सुन्दै हुनुहुन्छः

धनुषामा भजन कीर्तनको क्रममा माइकमा करेन्ट प्रवाह भएर दुईको मृत्यु

जनकपुरधाम । धनुषामा भजन कीर्तन भइरहेको बेला एक्कासि माइकमा करेन्ट प्रवाह भएपछि दुई जना कीर्तन मण्डलीको मृत्यु भएको छ । 

प्रादेशिक अस्पताल जनकपुरधाममा शव परीक्षण गरेर परिवारको जिम्मा लगाइने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ३ पर्सा टोलका बुलन यादवको घरमा भइरहेको भजन कीर्तनको क्रममा माइकमा करेन्ट प्रवाह हुँदा धनुषाको लक्ष्मीनिया गाउँपालिका वडा नं ३ बस्ने वर्ष ५५ बिन्दा दास र वर्ष ५० को मनिराम यादवको हिजो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पानी परिरहेको वेलामा माइकमा करेन्ट प्रवाह भएर दुर्घटना नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक तिलक सुनारले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button