ट्याक्टर अनियन्त्रित भई पल्टिँदा सिराहामा एक युवकको मृत्यु

लहान । सिराहामा ट्याक्टर अनियन्त्रित भई पल्टिँदा एक युवकको मृत्यु भएको छ ।
ट्याक्टर अनियन्त्रित भई पल्टिँदा आज सिराहाको गोल बजार नगरपालिका –५ का ३० वर्षीय अरुण यादवको मृत्यु हो ।
मृतक यादव ट्याक्टरमा कामदारको रुपमा कार्य गरिरहेको बुझिएको छ । साउनदेखि भदौ मसान्तसम्म खोला बन्द हुने भएकाले रातको करिब २:०० बजेको समयमा बालुवा चोर्न गएको बेला ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।
नम्बर नबुझिने दुर्घटना ग्रस्त ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टर धनी दिनेश यादव फरार रहेको प्रहरीले जनाएको छ ।
धनगढीमाई नगरपालिका – ७ गागनखोला नजिक बिहान पल्टिएको ट्याक्टर स्थानीयहरूले देखेपछि प्रहरीलाई खबर गरेको थिए ।
यादवको शव पोष्टमार्टमका लागि लहान अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्