तपाईँ सुन्दै हुनुहुन्छः

अवरुद्ध हेलम्बु राजमार्ग सञ्चालनमा

सिन्धुपाल्चोक । केही दिन देखि अवरुद्ध  हेलम्बु राजमार्ग अन्तर्गत मेलम्ची जिरो किलो सडक खण्डको सिपाघाट नजिकैको रातो पहिरोमा बाटो मर्मतपछि  सञ्चालनमा आएको छ ।

इन्द्रावती खोलाले बाटो कटान गरी सडक केही दिन देखि अवरुद्ध भएको थियो । पहिरोको कारणले सडक माथिको बस्ती नै जोखिम भएको भन्दै स्थानीयवासीले पहिरो सफा गर्न रोकेका थिए । आज बिहान स्थानीयवासी र नगरपालिका बिच छलफल गरी सडक खुलाउने सहमति भएको र बेलुकी बाट सडक सञ्चालनमा आएको  मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताउनुभयो  यो सडक बन्द हुँदा साँखु हुँदै यात्रा गर्न स्थानीय बाध्य थिए । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button