तपाईँ सुन्दै हुनुहुन्छः

ओलम्पिक खेलकुदमा क्रिकेट समावेश हुने

file photo

काठमाडौँ । विश्व खेलकुदको कुम्भमेला ओलम्पिक खेलकुदमा क्रिकेट खेल समावेश हुने भएको छ ।


ओलम्पिकमा क्रिकेट सामेल गराउन अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले पहल थालेको छ । आइसिसीले मङ्गलवार ओलम्पिकमा क्रिकेट समावेश गराउन पहल थालिएको जनाएको छ । 


सन् २०२८ को ओलम्पिकमा क्रिकेट समावेश गर्ने लक्ष्यसहित तयारी गरिएको आइसिसीले जनाएको छ ।


२०२८ को ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुनेछ । आइसिसीका अध्यक्ष ग्रेग बार्कले क्रिकेटलाई ओलम्पिक खेलकुदको एक हिस्साको रुपमा चाहेको बताएका छन् । 


पछिल्लो पटक सन् १९०० को पेरिस ओलम्पिकमा क्रिकेट समावेश गरिएको थियो । त्यसपछि ओलम्पिकमा क्रिकेट समावेश गरिएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button