तपाईँ सुन्दै हुनुहुन्छः

डेढ अर्बको लगानीमा खाद्य उद्योग सञ्चालन हुने

रुपन्देही । रुपन्देहीमा डेढ अर्बको लगानीमा चिप्स लगायतका खाद्य सामाग्री उत्पादन गर्ने उद्योग सञ्चालन हुने भएको छ ।


फस्ट च्वाइस फुड्स प्रालिले खोल्न लागेको उद्योगको ८० प्रतिशत काम सकिएको उद्यमी कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।


रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नम्बर ४ मैनहियामा ३ विगाह क्षेत्रफलमा बनाइएको उद्योगको प्रतिमिनेटमा ३ टन आलु खपत गरी २ टन आलुजन्य वस्तु उत्पादन गर्ने क्षमता रहेको छ । 


उद्योगका लागि आवश्यक आलु खेतीका लागि प्रालिले कन्ट्याक्ट फार्मिङको अवधारणा अनुसार रुपन्देहीको शुद्धोदन र तिलोत्तमा नगरपालिका तथा दाङ, बर्दिया, बाँके लगायतका जिल्लाका किसानलाई निःशुल्क बिउ, मल र प्रविधि उपलब्ध गराउने नीति तयारी अघि बढाएको उद्योगका सञ्चालक पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button