सडक दुर्घटना हुँदा एक महिलाको मृत्यु
बारा । बाराको सिमरास्थित सूर्य नेपाल अगाडि सडक दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।
हिजो साँझ सिमराबाट जितपुरतर्फ जाँदै गरेको ना ५१ प २०६५ नम्बरको मोटरसाइकललाई सोही दिशामा रहेको ना ७ ख ५३९ नम्बरको ट्रकले ठक्कर दिँदा गम्भीर घाइते भएकी निता सिंहको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायव उपरीक्षक डिएसपी मनोजित कुँवरले जानकारी दिनुभयो ।
गम्भीर घाइते सिंहको सिमरास्थित अल्पाइन अस्पतालमा प्राथमिक उपचारपछि वीरगन्ज रेफर गरिएको थियो । मोटरसाइकल चालकको वीरगन्जस्थित अस्पतालमा उपचार भइरहेको छ भने ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्