तपाईँ सुन्दै हुनुहुन्छः

सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना–३ कुरिन घाटमा मोटरसाइकल दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 


काठमाडौँबाट मुस्लिनतर्फ आइरहेको बा ४६ प ३२० नं को मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एक आपसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जाको पुतली बजार नगरपालिका ४ बस्ने वर्ष २६ को सुशील पोखरेलको मृत्यु भएको हो ।


पोखरेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय चितवनका जनाएको छ । 


घाइते हुनेमा बा ४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको पौवादुङमा गाउँपालिका९४ बस्ने वर्ष २४ को सन्दीप बस्नेत र सोही मोटरसाइकल पछाडि सवार सोही स्थानका २१ वर्षीयको जय कार्की छन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button