हतियार सहित वडा अध्यक्ष पक्राउ

धनगढी । कैलालीमा प्रहरीले हतियार सहित वडा अध्यक्ष लगायत दुई जनालाई पक्राउ गरेको छ ।
कैलारी गाउँपालिका ९ का वडा अध्यक्ष खेमराज चौधरी र धनगढी उपमहानगरपालिका २ का मोहित शाहलाई हतियार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत शंकरपुरमा उनीहरू सवार बा १७ च १२१३ नं को जिपलाई चेक जाँच गर्ने क्रममा बाह्रबोर १ थान, कार्टिज १ थान, पोईन्ट टु–टु १ थान र गोली १० राउण्ड बरामद गरिएको प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताउनुभयो ।
दुवै जनामाथि हातहतियार खरखजना मुद्दामा कारबाही अघि बढाइएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्