तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा ५९ जना कोरोना सङ्क्रमित थपिए

पाल्पा । पाल्पामा मङ्गलवार थप ५९ जना कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा प्राप्त नतिजा अनुसार एन्टिजेन परीक्षणमा ५४ जना र पिसिआर परीक्षणमा ५ जना गरी ५९ जना संक्रमित थपिएको हुन् । 

यससँगै पाल्पामा कोरोना परीक्षण भएर संक्रमित देखिनेको सङ्ख्या ८ हजार ८ सय ६३ पुगेको छ । स्वास्थ्य कार्यालय पाल्पाका प्रवक्ता ओम प्रकाश पन्थीका अनुसार २१ जनाको पीसीआर र १५९ जनाको एन्टिजेन गरी १९० जनाको परीक्षणमा ५९ जना संक्रमित थपिएका हुन् ।

पाल्पामा अहिले ४६१ जना कोरोनाका सक्रिय संक्रमितहरु रहेका छन् जसमा ३९० जना होम आइसोलेसनमा, ३१ जना एचडियूमा, ३४ जना आइसोलेसन सेन्टरहरूमा उपचार भइरहेको छ ।

पाल्पामा अहिलेसम्म १ सय ३० जना कोरोना सङ्क्रमितहरूको निधन भइसकेको छ भने ८ हजार २ सय ६२ जना निको भएर घर फिर्ता भएका छन् । पाल्पामा कोरोना परीक्षण भएर संक्रमित हुनेहरूको कुल सङ्ख्या ८ हजार ८ सय ६३ पुगेको कार्यालयले जनाएको छ ।

२४ घण्टामा थप ६८ जना निको भएर घर फिर्ता भएका छन् । ४१ जना महिला र २७ जना पुरुष गरी थप ६८ जना घर फिर्ता भएका कार्यालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button