तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेका प्रयोगशालामा ४४ जनामा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज।बाँकेका दुई वटा प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये बर्दियाका ३५ जना, बाँकेका ७ जना र कैलालीका २ जना छन् ।

भेरी अस्पताल परीक्षणमा ३७ जना र मेडिकल कलेज कोहलपुरमा ७ जनामा कोरोना पुष्टि भएको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताउनुभयो । कोरोनाबाट थप मृत्यु भएको छैन ।

आज ८ जना डिस्चार्ज भएका छन् । हालसम्म बाँकेमा १७ हजार ७ सय ३२ जना संक्रमित भएका छन् । ती मध्ये १७ हजार ३ सय १ जना निको भई डिस्चार्ज भएका छन् । संक्रमित मध्ये ३ सय २३ जनाको मृत्यु भएको छ ।

जिल्लामा १४३ जना सक्रिय संक्रमित रहँदा ३४ जना अस्पताल र आइसोलेसनमा छन् भने १३१ जना होम आइसोलेसनमा छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button