तपाईँ सुन्दै हुनुहुन्छः

नेता केसीको स्वास्थ्य बुझ्न प्रचण्ड नर्भिकमा

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) नर्भिक अस्पताल पुग्नु भएको छ । 

पार्टीका एक नेताको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिन सोमबार साँझ प्रचण्ड थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुग्नु भएको हो । 

माओवादीका नेता कृष्ण केसीको स्वास्थ्य अवस्थाको बारेमा बुझ्न प्रचण्ड स्वकीय सचिव(छोरी) गङ्गा दाहालसहित अस्पताल पुगेका थिए । त्यहाँ उनले केसीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग समेत कुरा गर्नु भएको थियो । 

नेता केसीसँग समेत कुरा गरी करिब १५ मिनेट अस्पताल बसेर उनी बाहिरिनु भएको थियो । 

माओवादीका युवा नेता केसीलाई घाँटीमा घाउ देखिएपछि अगस्ट ४ मा नर्भिक अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको छातीमा समेत सामान्य समस्या देखिएको छ । अवस्था सामान्य छ । 

केसीमा कोभिडको लक्षण समेत देखिएको सोमबार नै पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । रिपोर्ट आइसकेको छैन । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button