मोदीबाट ७ जुवाडे पक्राउ
पर्वत । पर्वतको मोदी गाउँपालिकाबाट नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्वतले आइतबार दिउँसो २ बजे मोदी गाउँपालिका वडा नं. २ पातीचौरवाट पक्राउ परेका जुवाडेलाई आज सार्वजनिक गरेको हो ।
स्थानीय महेशकुमार शर्माको घरमा ठुलो धनराशि हारजित हुने गरी जुवा तास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक राजेन्द्र अधिकारीको कमान्डमा खटिएको प्रहरीको विशेष टोलीले घरधनी महेश कुमार शर्मासहित ७ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मोदी गाउँपालिका घरधनी महेशकुमार शर्मा, वडा नं. २ का टेकबहादुर पुन पुर्जा, सोही ठाउँका थान बहादुर विश्वकर्मा, कुल बहादुर हमाल, लेख बहादुर मल्ल, रामचन्द्र शर्मा र वडा नं ५ बाजुङ बस्ने दुर्गाबहादुर पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिनुभयो ।
प्रहरीका अनुसार उनीहरूबाट नगद ७५ हजार ७ सय २० रुपैयाँ सहित ४ बुक तास र जुवा खेल्न प्रयोग गरिएको कार्पेट नियन्त्रणमा लिइएको हो ।
जुवाडेहरूलाई जुवा तास खेल्न वा सट्टावाजी गर्न नहुने कसुर अन्तरगत मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय पर्वतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरी नायव उपरीक्षक बुढाथोकीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्