जुवा तास खेलिरहेको अवस्थामा मध्यबानेश्वरबाट १७ जना पक्राउ

काठमाडौं । काठमाडौंबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १७ जनालाई पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१० मध्यबानेश्वरस्थित रामकृष्ण केसीको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रामेछाप खाँडादेवी गाउँपालिका-५ घर भएका ३६ वर्षीय हेम कार्की लगायत ६ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
केसीको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख ४८ हजार ५ सय रुपैयाँ र ६२ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्