तपाईँ सुन्दै हुनुहुन्छः

सुन तोलामा एक हजारले घट्यो

काठमाडौं । सोमबार पनि सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा एक हजारले घटेर प्रतितोला ८९ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ९० हजारमा कारोबार भएको थियो ।आइतबार पनि तोलामा १५ सयले सुनको मुल्य घटेको थियो ।त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८८ हजार ५५० रहेको छ ।

त्यसैगरी चाँदीको मूल्य आज तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १२१५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button