तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय झण्डासहितको स्तम्भ बेगनासको आकर्षण

पोखरा। पर्यटकीय नगर पोखरास्थित बेगनास तालको बाँध छेउमा निर्मित राष्ट्रिय झण्डासहितको स्तम्भमा आन्तरिक पर्यटकको आकर्षण बढेको छ । रोटरी क्लब अफ लेखनाथको करिब ६ लाखको लागतमा निर्मित बेगनास तालको दृश्यावलोकन गर्ने तथा राष्ट्रिय झण्डासहितको स्तम्भमा पछिल्लो सयमा तस्बिर खिचाउने आन्तरिक पर्यटकको आकर्षण बढेको हो ।

स्तम्भमा बेगनास तालको क्षेत्रफल, गहिराइलगायत अधिकांश विषयको तथ्याङ्क राखिएको छ । बेगनास ताल आउने जो कोही पर्यटकले स्तम्भमा फोटो खिचाउनुका साथै त्यहाँ उल्लेखित विषयलाई अभिरुचिका साथ हेर्दै तालबारे जानकारी लिने गरेको रोटरी क्लब अफ लेखनाथका अध्यक्ष मिलन तिवारीले बताउनुभयो ।

क्लबले स्थानीय तहसँग समन्वय एवं सहकार्यका आधारमा तालको सौदर्यकरण सहित पर्यटकको आकर्षक बढाउन पहल गर्ने बताउँदै उहाँले यस क्षेत्रको विकासका लागि मनोरम पार्क निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । पर्यटकीय डुङगा घाट नजिकै रहेको कारण पनि स्तम्भ सबैको रोजाइमा पर्ने गरेको छ । बेगनास तालमा पर्यटकलाई लच्छित गरी १४५ जना व्यवसायीले २४९ वटा डुङ्गा सञ्चालन गरेको डुङ्गा व्यवसायी समिति बेगनासका अध्यक्ष ढकनाथ कँडेलले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button