तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधवारबाट

काठमाडौँ । राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण बुधवारबाट पोखरामा हुने भएको छ ।


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार टिमको प्रशिक्षण पोखरामा हुने जनाएको छ । १० दिनको विश्रामपछि नेपाली टिमको प्रशिक्षण पोखरामा सुरु हुन लागेको हो ।


पोखराको प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट सहभागी नहुने भएका छन् । दुवै खेलाडी चोटको कारण पूर्ण फिट नभएको कारण टिममा नराखिएको एन्फा स्रोतले जनाएको छ । उनीहरूको स्थानमा शिशिर लेखि र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ । यस्तै गोलकिपर विशाल सुनार पनि पोखराको प्रशिक्षणमा सहभागी हुने भएका छन् ।


साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button