तपाईँ सुन्दै हुनुहुन्छः

डेउडा प्रतिष्ठान डोटीको तदर्थ समिति गठन

डोटी । डेउडा प्रतिष्ठान डोटीको जिल्ला समिति गठन गरिएको छ । 


आज दिपायलको सत्कार होटेलमा बसेको भेलाले लोक डेउडा गायक शेर बहादुर साउदको अध्यक्षतामा नौ सदस्यीय जिल्ला समिति गठन चयन गरेको हो । 


यस्तै भेलाले उपाध्यक्षमा देवी खड्का, सचिवमा दीपक खाती, कोषाध्यक्षमा शेर विष्ट र सहसचिवमा योगेन्द्र बहादुर खड्कालाई चयन गरेको छ । 
सदस्यहरूमा मानमती शाही, कृष्णबहादुर सुनार, केशवराज फुलारा र दलबहादुर भण्डारीलाई चयन गरिएको छ । 


सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको प्रसिद्ध लोकसंस्कृतिका रुपमा रहेको डेउडा गीतको संरक्षण, संवर्द्धनका लागि यसअघि धनगढीमा केन्द्रीय कार्यालय रहने गरी वरिष्ठ डेउडा गायक नरेन्द्रराज रेग्मीको अध्यक्षतामा केन्द्रीय समिति रहने गरी यो प्रतिष्ठान स्थापना गरिएको छ । 


सोही प्रतिष्ठानका जिल्ला शाखा पनि रहने गरी व्यवस्था गरिएको छ । त्यसै अनुसार डोटीमा पनि प्रतिष्ठान विस्तार गरिएको हो ।

 
प्रतिष्ठानमा चयन हुनुभएका अध्यक्ष साउदले प्रतिष्ठानले डेउडाको मौलिकता रक्षा गर्ने, डेउडा गीतसङ्गीतको क्षेत्रमा लागेका स्रष्टाहरूको हकहितमा जुट्ने लगायतका कामहरू प्रतिष्ठानबाट गरिने बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button