तपाईँ सुन्दै हुनुहुन्छः

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु

सुनसरी  । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ चिरौली चोक स्थितमा को८प ४११५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

शपनबारो बेलुका पौने ९ बजे भएको सो दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही स्थानका ३५ वर्षीय हेमन्त उराउ गम्भीर घाइते भई जिल्ला अस्पताल इनरुवामा उपचारको क्रममा राती मृत्यु भएको थियो । 

मोटरसाइकल र चालक इनरुवा नगरपालिका ९ बबिया का ४० वर्षीय बाबुराम उरावलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button