तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभाबाट दुई विधेयक स्वीकृत

काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले “नेपालको संविधानको धारा ५३ बमोजिम तयार गरिएको आर्थिक वर्ष २०७६/०७७ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गर्नुभयो । 

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून मन्त्री कार्कीले “सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७” पनि सभामा पेश गर्नुभयो ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन मन्त्री कार्कीले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त “लोक सेवा आयोग विधेयक, २०७५  र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले  प्रस्तुत गर्नु भएको “विद्युत् विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई सभाको सर्वसम्मतिले ले स्वीकृत गरेको छ । 

राष्ट्रिय सभाका अर्को बैठक साउन २६ गते मङ्गलवार बिहान ११ बजे बस्ने छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button