तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु

नेपालगन्ज ।  बाँकेमा कोरोना सङ्क्रमणका कारण थप तीन जनाको मृत्यु भएको छ । 

भेरी अस्पताल नेपालगन्जमा उपचाररत रोल्पाको लुंग्री गाउँपालिका ६ का ५८ वर्षीय पुरुष, तुलसीपुर उपमहानगरपालिका १५ का ४५ वर्षीय पुरुष र भेरीगंगा नगरपालिका १० सुर्खेतकी ३९ वर्षीया महिलाको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोका पर्सन तेज वलीले बताउनुभयो ।

योसँगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८६ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button