तपाईँ सुन्दै हुनुहुन्छः

चौतारा अस्पतालमा पिसिआर मेसिन आइपुग्यो

सिन्धुपाल्चोक ।  जिल्ला सदरमुकामस्थित चौतारा अस्पतालमा पिसिआर मेसिन आइपुगेको छ ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला अस्पताल चौतारामा आज पीसीआर मेसिन आइपुगेको हो । 

जिल्ला अस्पतालमा पिसिआर मेसिन जडानपछि स्वाब परीक्षणका लागि धुलिखेल आउनुपर्ने बाध्यता हटेको छ । 

चौतारा अस्पतालमा पिसीआर मेसिन जडान गर्न प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सरेश नेपालले विशेष पहल गर्नु भएको हो ।

जिल्लामा पिसिआर मेसिन नहुँदा रिपोर्ट आउन निकै दिनसम्म समय कुर्नुपर्ने अवस्था थियो ।
 

त्यस्तै मन्त्री नेपालकै पहलमा राख्न लागिएको अक्सिजन प्लाण्ट पनि बिरगञ्ज आइपुगिसकेको छ ।  अक्सिजन प्लाण्ट छिट्टै चौतारा अस्पताल पुर्‍याएर जडान गरी सञ्चालनमा ल्याइने मन्त्री नेपालको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button