तपाईँ सुन्दै हुनुहुन्छः

झापाको मेचीनगरमा एक वृद्ध मृत भेटिए

झापा । झापाको मेचीनगर नगरपालिका–७ सतिघट्टामा खोलामा डुबेको अवस्थामा आज बिहान एक वृद्धको शव भेटिएको छ । वडा नम्बर ७ सतिघट्टा निवासी ७८ वर्षीय तुलाराम खनाल घरबाट करिब ५ सय मिटर उत्तर स्थानीय पालिया खोलाको पानीमा डुबेको अवस्थामा भेटिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार हिजो उनी चरनमा रहेको गाई सार्न भनी घरबाट निस्किएका थिए । अपराह्न ४ बजेसम्म घर नआएपछि परिवारका सदस्यले खोजी गर्दा आज बिहान छोरा तथा छर छिमेकीले उनलाई सतिघट्टास्थित पालिया खोला किनारमा घोप्टो परेर पानीमा डुबेको अवस्थामा फेला पारेका थिए ।

मृत अवस्थामा भेटिएपछि छर छिमेकीले स्थानीय प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी शवको पोस्टमार्टमका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल भद्रपुर पठाएको छ ।जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि मात्र घटना बारे थप बताउन सकिने जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button