तपाईँ सुन्दै हुनुहुन्छः

अनुदानमा प्याज ढुवानी भएपछि कृषक दङ्ग

बाजुरा  । बाजुराको स्वामिकार्तिक गाउँपालिका वडा नम्बर–१ बाहुनीका कृषकको प्याज घरबाटै ढुवानी भएको छ ।

 बजारबाट टाढा रहेको बाहुनी गाउँमा यो बर्ष धेरै  प्याज फलेपनी भौगोलिक बिकटताका कारण  ढुवानी हुन नसक्दा कृषकहरू चिन्तित थिए । कृषकले उत्पादन गरेको प्याज बजारसम्म पुर्‍याउन नपाइ घरमै कुहिन थालेपछि कृषि ज्ञान केन्द्र बाजुरा र स्वामिकार्तिक गाउँपालिका कृषि  विकास शाखाको ढुवानी अनुदान सहयोगमा  खच्चड मार्फत ब्याज ढुवानी गरिएको हो ।

 पहिलो चरणमा १२ क्विन्टल ब्याज जिल्ला सदरमुकाम मार्तडीमा पुर्‍याइएको हो । ढुवानी गरिएको सबै प्याज बजारमा प्रति केजी रु ५० का दरले बिक्री वितरण भइरहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख गोभिन्द्र सिजापतिले बताउनु भयो । बर्षातले गर्दा बाटो अवरुद्ध भएका कारण  बाजुरा जिल्लाबाट प्याज बाहिर पठाउन सकिएको छैन । अबको ३ दिन भित्रै  फेरि  प्याज मार्तडीसम्म आउने र बाटो खुल्ने बित्तिकै बाहिरी जिल्लामा पनि पठाइने ज्ञान केन्द्र प्रमुख सिजापतिले जानकारी दिनु भयो ।

किसानलाई प्रति केजी ३५ का दरले ढुवानी अनुदान दिइएको ब्याज कृषकले बजारमा प्रति केजी ५०का दरले बिक्री गरेका छन् । ढुवानी अभावमा मेहनतले फलाएको प्याज घरमै कुहिन थालेपछि चिन्तित बनेका किसान अनुदान सहयोगमा बजारसम्म पुर्‍याउन पाएपछि धेरै खुसी छन् । बाहुनी गाउँका स्थानीय विष्णु बि.क. अनुदानमा ब्याज ढुवानी भएपछि मेहनतको फल पाएको बताउँछन् । कृषकको समस्या बुझिदिएकोमा उनले ज्ञान केन्द्र र गाउँपालिकालाई धन्यावाद दिनुभयो । बजारको माग बढेर गए गाउँ–गाउँ बाट अनुदानमा प्याज बजारसम्म ढुवानी गरिने कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button