तपाईँ सुन्दै हुनुहुन्छः

भिरबाट लडेर एक बृद्धाको मृत्यु

काभ्रेपलान्चोक । काभ्रेको रोशी गाउँपालिका वडा नं. २ मा भिरबाट लडेर एक बृद्धाको मृत्यु भएको छ । 


भिरबाट लडेर १०० वर्षिया कान्छी कमिनीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले  जनाएको छ । 


जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं ८ घर भएकी कान्छी कमिनी रोशी गाउँपालिका २ स्थित छोरीको घरमा बस्दै आएकी थिइन् ।


भिरबाट ६० मिटर तल खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button