तपाईँ सुन्दै हुनुहुन्छः

मेचीनगरमा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप

झापा । कोरोना भाइरस विरुद्धको अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप झापाको मेचीनगरमा २५ सय बढीले लगाएका छन् । मेचीनगरमा बिहीबार र शुक्रवार गरी दुईसम्म चल्ने जोन्सन खोप अभियान अन्तर्गत बिहीबार सात वटा वडाका २ हजार ७ सय २६ जनाले खोप प्राप्त गरेका छन् ।

मेचीनगरका सामाजिक विकास समिति संयोजक नवीन बरालले दिएको जानकारीमा वडा नम्बर १ मा २ सय ५५, २ मा २ सय २६, ५ मा २ सय, ६ मा ६ सय ४५ जनाले खोप लगाएका छन् । त्यसै गरी वडा नम्बर ९ मा ४ सय ५०, १२ मा २ सय ४५ र १४ मा २ सय २५ जनाले खोप लगाएका छन् ।मेचीनगरका वडाहरूमा रहेका खोप केन्द्र बाहेक मेची भन्सार तथा यातायात कर्मचारीहरू गरी थप ४ सय ८० ले समेत खोप प्राप्त गरेको संयोजक बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मेचीनगरमा बैङ्क तथा वित्तीय संस्थामा कार्यरत कर्मचारी तथा व्यवसायीलगायत खोप लगाउनका छुटेका लक्षित वर्ग सबैले खोप प्राप्त गर्दै जाने छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button