स्थानीयवासीले बनाए गोरेटो

सिन्धुपाल्चोक । हेलम्बु गाउँपालिका र मेलम्ची ६ का स्थानीयको सहजताका लागि गोरेटो बाटो निमार्ण गरिएको छ ।
साउन १६ र त्यसपछिको मेलम्ची खोलामा आएको लगातारको बाढीले मोटर बाटो बगाए पछि मेलम्ची नगरपालिकाको वडा नम्बर ६ र हेलम्बु गाउँपालिकाका स्थानीयलाई हिँड्न समेत समस्या भएको थियो ।
मेलम्चीसम्म हिँड्ने बाटो पनि नभएकाले स्थानीयको अग्रसरतामा गोरेटो बाटो निमार्ण गरिएको मेलम्ची ११ का राजन दुलालले जानकारी दिनुभयो ।
हिँड्ने बाटो पनि नभएको थाहा भएपछि बाटो खन्ने काम गरिएको उहाँको भनाई छ ।
बाटोको अवस्था बुझेर विभिन्न निकायमा अनुरोध गरपछि नगरपालिकाबाट गोरेटो बाटो खन्ने आश्वासन आएको तर भोलिपल्टै बिरामी ल्याउनै समस्या भएपछि तत्कालै बाटो खन्ने काम गरिएको उहाँको भनाई छ ।
गोरेटो बाटो निमार्ण पछि हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिका वडा नं ६ को स्थानीयलाई सहज भएको छ ।
शनिबार थप स्थानीय सहित बाटो अझ व्यवस्थित बनाइने दुलालले बताउनुभयो ।
निरन्तरको बाढीले हेलम्बु , मेलम्ची र पाँच पोखरीका धेरै गाउँ सडक सञ्जालबाट टुटेको छ भने हिड्ने बाटो समेत बगाएको छ ।








प्रतिक्रिया राख्नुहोस्