तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल र भारतबिचको मैत्रीपूर्ण फुटबल भदौमा हुने

काठमाडौँ । साफ च्याम्पियनसिपको तयारीका लागि नेपाल र भारतबिचको  मैत्रीपूर्ण खेल आगामी भदौमा नेपालमा हुन लागेको छ ।


साफ च्याम्पियनसिप आगामी अक्टोबरमा हुने तय भएको छ । जसको तयारीका लागी नेपाली राष्ट्रिय फुटबल टिमले भारतको राष्ट्रिय टिमसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको हो ।  


अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले नेपाली टोलीले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भदौ १७ र २० (सेप्टेम्बर २ र ५) गते खेल हुने जनाएको छ ।


साफ आयोजनाका लागि नेपाल र माल्दिभ्सले प्रस्ताव पेश गरिसकेका छन् ।


प्रतियोगिता आयोजनाको जिम्मेवारी पाएको बङ्गलादेशले कोभिड–१९ का कारण साफ गर्न नसक्ने जानकारी दिएपछि नेपाल र माल्दिभ्सले आयोजनाको दाबी प्रस्तुत गरेको हो ।


नेपालले हालसम्म भारतसँग १९ खेल खेलेको छ । जसमा भारतले १३ खेलमा जित हासिल गरेको छ भने नेपालले दुई खेल जित्दा ४ खेल बराबरीमा सकिएको छ ।


नेपालले पछिल्लो पटक भारतलाई २०१३ को साफमा हराएको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button