तपाईँ सुन्दै हुनुहुन्छः

एमालेमा विधान संशोधनका लागि सुझाव लिन सुरु

file photo

काठमाडौँ । नेकपा (एमाले)ले विधान अधिवेशनमा पेस गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिने कार्य सुरु गरेको छ । 

मुलुकको सङ्घीय संरचनानुकूल विधान बनाउन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आज छलफल प्रारम्भ गर्नुभएको सो पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

एमालेले आगामी भदौको २७ र २८ गतेका लागि विधान अधिवेशन तय गरेको छ भने असोजको पहिलो साताभित्र पालिका स्तरका कमिटीको अधिवेशन सम्पन्न गर्ने कार्य तालिका सार्वजनिक गरेको छ । सो अघि यही साउन २४ गते केन्द्रीय कमिटीको बैठक बोलाइएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button