सभामुखद्वारा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन

काठमाडौँ । सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले आज सिंहदरबार, पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद् भवनको अवलोकन गरी तोकिएको समय भन्दा अगाडि नै कार्य सम्पन्न गर्ने उपायहरूको खोजी गर्दै काम गर्न निर्देशन दिनु भएको छ ।
अवलोकनका क्रममा निर्माणकार्य सन्तोषजनक ढङ्गले अगाडि बढिरहेको अनुभूति भएको भन्दै सभामुख सापकोटाले उच्चस्तरीय समन्वयका लागि दैनिक रुपमा आउने व्यवधानको समाधान गर्न संसद् सचिवालय र सम्बद्ध पक्षसँग समन्वयको आवश्यकता औँल्याउनु भएको छ । उहाँले निर्माणमा संलग्न कामदारहरूको खोपका लागि आफ्नो तर्फबाट पहल गर्ने बताउनु भयो ।
सो अवसरमा निर्माण पक्षले भवन निर्माणको ३२ प्रतिशत काम सम्पन्न भइसकेको र कार्य प्रगति लक्ष्य अनुसार नै अघि बढिरहेको जानकारी गराउँदै निर्माण कार्यमा संलग्न चार सय कामदारका लागि कोभिड विरुद्धको खोपको व्यवस्था गर्न पहलका लागि सभामुख समक्ष आग्रह गरेको थियो ।











प्रतिक्रिया राख्नुहोस्