तपाईँ सुन्दै हुनुहुन्छः

तीन जिल्ला जोड्ने तीन मुखे पुल निर्माणमा तीव्रता

पाल्पा । पाल्पा गुल्मी र स्याङ्जा जोड्ने रिडीको तीन मुखे पुल निमार्ण कार्यले तीव्रता पाएको छ । 

पुल निर्माणको ठेक्का पाएको सात वर्षपछि मात्रै पुल निर्माणले गति लिएको हो  ।

रुरु धार्मिक क्षेत्रको समग्र विकास तथा यस क्षेत्रका बासिन्दाहरूको तीन जिल्लामा सहज आवतजावतमा सहयोग पुग्ने गरी तीन जिल्ला जोड्ने तीन मुखे पुल निर्माण गर्न २०७१ असारमा सम्झौता भएको थियो ।

बि.स. २०७४ असार ९ गतेसम्मको अवधिभित्र पुल निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । तर ठेकेदारले तीन वर्षसम्म काम नै सुरु गरेको थिएन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button