लामखुट्टे धपाउन बालिएको धूपबाट आगलागी

वीरगञ्ज । पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ बैरियामा बस्ने धुरन साह तेलीको घरमा शुक्रवार बिहान आगलागी भएको छ । बिहान करिब ३ बजे लामखुट्टे धपाउन बालिएको धूपबाट आगलागी हुँदा करिब ३ लाख बराबरको क्षति भएको स्थानीय सन्जीत कुमार यादवले बताए ।
आगलागीबाट प्रमिला देवी सामान्य घाइते भएको र उहाँको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको छ । आगलागीमा परेर एउटा भैँसी जलेर मृत्यु भएको र २ वटा भैँसी गम्भीर घाइते भएको पनि यादवले जनाए ।
आगलागीबाट ३ लाख बराबरको क्षति भएको र आगलागी स्थानीयको सहयोगमा बिहान ५ बजे नियन्त्रणमा आएको यादवले जनाएका छन् ।








प्रतिक्रिया राख्नुहोस्