तपाईँ सुन्दै हुनुहुन्छः

पाँचथरमा पूर्ण लकडाउन गर्न माग

पाँचथर । पाँचथर जिल्लामा पूर्ण रुपमा लकडाउन गर्न माग गरिएको छ ।

सदरमुकाम फिदिम बजारको युवा व्यवसायीहरूको अगुवाइमा जिल्ला प्रशासनलाई ज्ञापन पत्र बुझाउँदै लकडाउनको माग गरिएको हो ।

स्थानीय प्रशासनले गत वैशाख २७ गते देखिनै निषेधाज्ञा जारी राखेपनि कार्यान्वयन फितलो भई अत्यावश्यक सेवाका नाममा भिडभाड बढेर कोरोना संक्रमण धेरै मात्रामा फैलिरहेकोले पुर्णरुपमा लकडाउन गर्नुपर्ने व्यवसायीहरूको माग रहेको छ ।

माग पुरा नभए सबै पसल खोलेर विरोध गरिने चेतावनी व्यवासायीहरुले दिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button