तपाईँ सुन्दै हुनुहुन्छः

५९ कार्टुन स्याउ बरामद

बीरगंज । अवैध रुपमा भन्सार छलेर नेपालबाट भारततर्फ लैजादै गरेको अवस्थामा आज पर्सा प्रहरीले ५९ कार्टुन स्याउ बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा तथा इलाका प्रहरी कार्यालय नागाबाट खटिएको गस्ती टोलीले आज विहान ९ः०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. १६ भुटनदेवीस्थित सडक खण्डमा ५९ कार्टुन स्याउ भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजादै गरेको अवस्थामा बरामद गरेको हो ।

१०÷१५ जना भरियाहरुले स्याउ टाउकोमा राखेर अवैध रुपमा भन्सार छली चोरी निकासी गरी भारततर्फ लैजादै गर्दा प्रहरी गस्ती टोलीलाई देख्नासाथ उनीहरु स्याउ छाडी फरार भएका थिए ।

प्रहरीले घटनास्थलबाट बेवारिसे अवस्थामा २८ हजार २ सय ५० रुपैया बराबरको ५९ कार्टुन स्याउ बरामद गरी थप कारवाहीका लागि आजै वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button