खोप वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण
काठमाडौँ । सङ्घीय संसद्को राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको आजको बैठकले कोरोना विरुद्धको खोप वितरणलाई व्यवस्थित र प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ ।
सिंहदरबारमा आज बसेको बैठकले खोप अभियानका लागि पर्याप्त जनशक्ति उपलब्ध गराउन तथा खोप लिने व्यक्तिको दर्ता प्रक्रियालाई सहज बनाउन ध्यानाकर्षण गराएको हो ।
समितिका सभापति निरूदेवी जैरूको अध्यक्षतामा बसेको बैठकमा सांसदहरू राधेश्याम अधिकारी, दिनानाथ शर्मा, गणेशसिंह ठगुन्ना, रामलखन चमार लगायतले बालबालिका सहित सबै उमेर समूहका नागरिकलाई छिटो खोप उपलब्ध गराउन माग गर्नुभयो ।
बैठकले दार्चुलामा तुहिन तर्ने क्रममा महाकाली नदीमा परी स्थानीय जयसिंह धामी बेपत्ता भएको घटना तथा देशका विभिन्न क्षेत्रमा बाढी पहिरोले पुर्याएको क्षतिका सम्बन्धमा गृहमन्त्री तथा अन्य सरोकारवाला निकायसँग छलफल गर्ने पनि निर्णय गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्