तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत गेरुवा गाउँपालिका वडा नम्बर ५ बर्दियाका ७० वर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो । साउन ९ गते पिसिआर परिक्षण गराएका उनी ११ गते भेरी अस्पताल भर्ना भएका थिए । उनको गए राति मृत्यु भएको हो ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८१ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button