तपाईँ सुन्दै हुनुहुन्छः

सालको काठ बरामद

धनकुटा । प्रहरीले धनकुटाको पाख्रिबास नगरपालिका वडा नं ९ स्थित हिले छिन्ताङ सडकमा चेकजाँच गर्ने क्रममा अवैध रुपमा ल्याइएको सालको काठ बरामद गरेको छ ।

चेक जाँचका क्रममा जिल्लाको शहिदभुमि गाउँपालिका वडा नं ४ बस्ने वर्ष ३२ को सञ्जय राईले चलाएको प्र।१–००२–००३ त १५९४ नं को हरियो रङ्गको ट्याक्टरमा अवैध रुपमा ल्याइरहेको सालको काठको १० वटा चौकट ,६ वटा ढोका गरी जम्मा १६ थान २९.८३ चिरान क्यू.बि.फिट सालको काठ र ट्याक्टर चालक सञ्जय राईलाई नियन्त्रणमा लिएको  जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

 बरामद गरेको काठसहित चालकलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय धनकुटा पठाइएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button