सशस्त्र प्रहरी जवान मृत भेटिए
धनगढी । कैलालीको धनगढीस्थित सशस्त्र प्रहरी बल नं ३४ गण हेडक्वार्टर परिसरमा आज एक जना सशस्त्र प्रहरी जवान मृत भेटिएका छन् ।
हेडक्वाटरमा कार्यरत सशस्त्र प्रहरी जवान हरिष शाही कार्यालय परिसरभित्र पानी जमेको ठाउँमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
उनको डडेलधुरा भागेश्वर गाउँपालिकामा घर भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्