झापामा ब्राउनसुगरसहित एकजना पक्राउ, एकजना फरार

भद्रपुर, झापा । झापामा लागुऔषध ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गौरादह नगरपालिका १ बस्ने ३७ वर्षीय कृष्णकुमार ताजपुरिया रहेका छन् ।
हिजो मङ्गलवार दिउँसो ३ बजे गौरादह बजारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे ७ प ६७६७ नम्बरको मोटरसाइकल चेकजाँच गर्नेक्रममा चालक ताजपुरियालाई ६ ग्राम ब्राउनसुगर फेला पारेको थियो । उनलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछ गर्दा गौरादह २ बस्ने ३९ वर्षीय सुमनकुमार कार्कीबाट किनेको खुलेपछि कार्कीको घरको सुत्ने कोठामा खानतलासी गर्दा खुल्ला प्लास्टिकभित्र अरू ३० ग्राम ब्राउनसुगर बरामद गरिएको थियो ।
कार्की तत्काल फरार रहेको हुँदा खोजतलास भइरहेको र ताजपुरियालाई कानुनी प्रक्रियाको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्