तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु

नेपालगन्ज। बाँकेमा कोरोना सङ्क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत ठाकुरबाबा नगरपालिका वडा नम्बर ५ का २३ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले बताउनुभयो । हिजो बागेश्वरी ल्याबमा पिसिआर परिक्षण गराएका उनी हिजो नै भेरी अस्पताल भर्ना भएका थिए । उनको आज बिहान ३ बजे मृत्यु भएको हो ।

यो सँगै कोरोनाबाट हालसम्म बाँकेका ३२२ र बाँकेमा उपचाररत बाहिरी जिल्लाका ३ सय ८० जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button