तपाईँ सुन्दै हुनुहुन्छः

बझाङको सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक अवरुद्ध

बझाङ । बाढीका कारण बझाङको सदरमुकाम चैनपुर जोड्ने सुर्मा सडक खण्ड अवरुद्ध भएको छ ।

गएराती बाहुली खोलामा आएको बाढीसँगै पहिरो गएपछि सडक अवरुद्ध बनेको हो ।

सुर्मा गाउँपालिका –२ धौलो पैरामा पहिरो जाँदा सुर्मा सडक खण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमल चौधरीले बताउनुभयो ।

बर्षायाम भएकाले जिल्लाका दर्जनौँ गाउँहरू पहिरोको उच्च जोखिममा रहेकाले सबैलाई सर्तक रहन समेत सूचना अधिकारी चौधरीले आग्रह गर्नुभयो ।

पहिरोका कारण सुर्मा गाउँपालिका –२ को सेनडोगडी विधुत प्रा।ली। को पावर हाउस पनि जोखिममा रहेको छ ।

पहिरोले के कति क्षति भएको हो बुझ्न अहिले जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली पहिरो गएको स्थानमा गएको र क्षतिको विवरण लिइरहेको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button