झापामा लागुऔषधको बढ्दो कारोबार : फेरि तीनजना पक्राउ

भद्रपुर, झापा । झापामा प्रतिबन्धित लागुऔषधको कारोबार बढ्दै गएको छ । दिनहूँजसो लागुऔषधका कारोबारी र प्रयोगकर्ता पक्राउ पर्ने गरेका छन् ।
यस क्रममा लागु औषधसहित दुई जना पक्राउ परेको २४ घण्टा नबित्दै प्रहरीले हिजो मङ्गलवार साँझ लागु औषधसहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सीमावर्ती गौरीगञ्ज गाउँपालिका, वडा नं ६ मा सोही गाउँपालिका वडा नं १ का २० वर्षीय सुरेश ताजपुरिया, मेचीनगर–१ का २१ वर्षीय सुलन देवान र सोही स्थानका २० वर्षीय मिङमा तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ताजपुरियालाई प्रतिबन्धित औषधि ट्रामाजेक १५० क्याप्सुल, नाइट्रोभेट २६ क्याप्सुल र एकबोतल कोरेक्सहित गौरीगञ्ज प्रहरीले पक्राउ गरेको थियो भने भारतीय नम्बरको मोटरसाइकलमा आउँदै गरेका देवान र तामाङलाई मेचीनगर–२ भृकुटीचोकमा चेकजाँचका क्रममा १ ग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिनुभयो । पक्राउ परेका तीनै जना उपर थप अनुसन्धान भइरहेको प्रहरले जनाएको छ ।









प्रतिक्रिया राख्नुहोस्