तपाईँ सुन्दै हुनुहुन्छः

गोरु काट्ने विरुद्ध अदालतबाट सात दिनको म्याद थप

सुनसरी । सुनसरीको वराहक्षेत्र नगरपालिकामा गोरु काटेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

साउन १६ गते शनिबार राति सुनसरीको वराहक्षेत्र नपा–७ बुद्ध चोक एरियामा गोरु काटी रहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरले दुई जनालाई रगेंहात पक्राउ गरेको थियो । 

इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले वराहक्षेत्र ७ को चन्द्र बहादुर तामाङको घर पछाडिबाट ३२ वर्षीय तिल बहादुर दाहाल र  ३३ वर्षीय विजय कुमार राईलाई मासु काटिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियो । 

उनीहरू उपर पशुपक्षी सम्बन्धी कसुर मुद्दामा आइतबार सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप भई अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button