तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा महिलालाई जबरजस्ती यौनकार्यमा लगाउन खोज्ने दुई पक्राउ

पोखरा । राम्रो काममा लगाइदिने भन्दै यौन शोषण गर्न लगाउने दुई जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका (१२ अमरसिंह चोक स्थित एस के खाजा घर सञ्चालन गरी बस्ने ५३ वर्षीया सोनाम गुरुङ र पोखरा (२७ रिठ्ठेपानी बस्ने ३२ वर्षीय रोशन गुरुङलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतको वडा प्रहरी कार्यालय राम बजारबाट खटिएको टोलीले पक्राउ गरेको कास्की प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उक्त खाजा घर सञ्चालन गर्दै आएका उनीहरूले राम्रो काममा लगाइदिन्छु भन्दै विभिन्न प्रलोभनमा पार्नुका साथै महिलाहरूलाई डर त्रास देखाएर पैसाको मोलमोलाइ गरी यौन शोषण गर्न लगाएको आरोप प्रहरीको छ ।

पक्राउ परेका उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अनुसन्धान भइरहेको साथै पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button