राष्ट्रिय वाणिज्य बैङ्कमार्फत कारोबार गर्न सिंहदरबारका सबै कार्यालयहरूलाई निर्देशन

काठमाडौँ । निजी बैङ्कबाट हुँदै आएको सङ्घीय संसद् सचिवालयको सम्पूर्ण सरकारी कारोबार पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कमार्फत गर्न सुरु गरिएको छ ।
सङ्घीय संसद् र अन्य सञ्चार माध्यमहरूमा पटक–पटक कुरा उठेपछि सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन अनुसार वाणिज्य बैङ्कको सिंहदरबार शाखाबाट कारोबार गर्न सुरु गरिएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैङ्क तथा महालेखा नियन्त्रकको कार्यालयमार्फत सिंहदरबारस्थित सबै कार्यालयका सरकारी खाताहरू सरकारी स्वामित्वको वाणिज्य बैङ्कमार्फत सञ्चालन गर्न निर्देशन दिएको संसद् सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
यस अघि सरकारी खाताहरू एभरेष्ट बैङ्कमार्फत सञ्चालन गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्