बाँकेमा ४.९ प्रतिशतले कोभिड विरुद्धको दुवै डोज खोप लगाए

नेपालगञ्ज । बाँकेमा हालसम्म ४.९ प्रतिशतले कोभिड विरुद्धको दुवै डोज खोप लगाएका छन् ।
भारतको कोभिशिल्ड र चीनको भेरोसेल खोपको दुवै डोज लगाउनेको सङ्ख्या हालसम्म १८ हजार ७ सय ४ रहेको छ । दुवैको पहिलो डोज लगाउनेको सङ्ख्या भने ५४ हजार ४ सय ७५ रहेको छ । यो १४.३ प्रतिशत हो ।
बाँकेमा १८ बर्ष माथिको जनसङ्ख्या ३ लाख ८० हजार छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार कोभिशिल्डको पहिलो डोज लगाएकाहरूको सङ्ख्या २० हजार ८ सय ७३ हुँदा दुवै डोज लगाउने भने १० हजार १ सय ६७ जना छन् ।
यस्तै भेरोसेल पहिलो डोज ३३ हजार ६ सय २ जनाले लगाएका छन् भने दुवै डोज लगाउनेको सङ्ख्या ८ हजार ५ सय ३७ छ ।
यो सङ्ख्यालाई खोप लगाउँदा हालसम्म कोभिशिल्ड ४१ हजार २ सय ७ डोज र भेरोसेल ५० हजार ६ सय ७६ डोज खर्च भएको छ ।








प्रतिक्रिया राख्नुहोस्