प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी
बैतडी । बैतडीको पाटन नगरपालिका वडा नं. ८ का बेरोजगारहरूले प्रधानमन्त्री रोजगार कार्यक्रममा अनियमितता भएको भन्दै वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।
छनौट भई आएका बेरोजगारहरूले पाउनुपर्ने पारिश्रमिक नपाएको मङ्गलवार वडा कार्यालयमा तालाबन्दी गरेका हुन ।
आफूले १५ दिन काम गरी दैनिक रु. ६८ का दरले रु.१ हजार २० मात्र पारिश्रमिक पाएकाले बाध्य भई तालाबन्दी गर्नुपरेको आरुबाटाका बेरोजगार वसन्त महराले बताउनुभयो ।
मजदुरहरूले दैनिक काम गरे बापतको रु.५ सय १७ पाउनु पर्नेमा सो रकम नपाई ६८ रुपैयाँ मात्र पाउँदा ९९ जना बेरोजगार मर्कामा परेका छन् ।
कामदारको पारिश्रमिक उपलब्ध गराउन नगर कार्यपालिकाको बैठक बोलाई छलफल भइरहेको र सोको लागि वडा कार्यालय प्रतिबद्ध रहेको वडा नं. ८ का वडा अध्यक्ष पृथ्वीराज पन्तले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्